स्वर्णिमप्रति शेखर कोइरालाको कटाक्षः अवसरवादीहरुबाट जोगिनुहोस् (भिडिओ) – Nepal Press

स्वर्णिमप्रति शेखर कोइरालाको कटाक्षः अवसरवादीहरुबाट जोगिनुहोस् (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन् ।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताए । उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्नपनि शुभकामना व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर