मिटर ब्याजपीडितको नयाँ समूहद्वारा सिंहदरबार अगाडि प्रदर्शन – Nepal Press

मिटर ब्याजपीडितको नयाँ समूहद्वारा सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं । मिटर ब्याजीपीडितको नयाँ खेमाले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । आफूहरुलाई अन्याय भएको भन्दै उनीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद अगाडि प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाबाट आएका मिटरव्याजपीडितको अर्को टोलीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् ।

यसअघि शनिबार सरकार र मिटरब्याजपीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो ।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरू गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *