प्रधानमन्त्रीको निर्देशनमा प्रहरी लगाएर स्ववियु निर्वाचन बिथोलेको एमाले सांसद बर्तौलाको आरोप (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको निर्देशनमा प्रहरी लगाएर स्ववियु निर्वाचन बिथोलेको एमाले सांसद बर्तौलाको आरोप (भिडिओ)

‘सत्ता गठबन्धनका विद्यार्थी संगठनले हार्ने भएपछि अदालतले तत्काल चुनाव गराउ भनेका क्याम्पसमा प्रहरी लगाएर बिथोलिँदैछ’

काठमाडौं । सरकारले प्रहरी लगाएर विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले संसदमा विरोध जनाएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेकपा एमालेका सचेतक तथा अनेरास्ववियुका पूर्वउपाध्यक्ष महेश बर्तौलाले अदालतको आदेशबमोजिम चुनाव हुन लाग्दा प्रधानमन्त्रीको ठाडो निर्देशनमा अमृत साइन्स क्याम्पसमा प्रहरी लगाएर निर्वाचन बिथोलिएको बताए ।

बर्तौलाले भने, ‘आज अमृत साइन्स क्याम्पसमा मतदान भइरहनुपर्नेमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले उपत्यकाभरिका प्रहरी अस्कल क्याम्पसमा पठाएर चुनाव स्थगित गराएका छन् । अदालतको आदेशबमोजिम भोलि शनिबार हुन लागेको पाटन क्याम्पसको पनि चुनाव रोक्न खोजिँदैछ । सत्ता गठबन्धन आवद्ध विद्यार्थी संगठनले हार्ने भएपछि सरकार आफैं चुनाव बिथोल्न लागेको छ ।’

सांसद बर्तौलाले प्रहरीले चुनावमा सुरक्षा दिनुपर्नेमा उल्टै बिथोल्ने काम गरेको र त्यसमा सरकारको निर्देशन रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर