नेपाली सेनामा डाक्टरदेखि फिल्म निर्देशकसम्मका लागि विज्ञापन (विज्ञापनसहित) – Nepal Press

नेपाली सेनामा डाक्टरदेखि फिल्म निर्देशकसम्मका लागि विज्ञापन (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले डाक्टरदेखि फिल्म निर्देशकसम्मका लागि विज्ञापन खुला गरेको छ । उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विज्ञापन खुला गरेको हो ।

सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै प्राड–प्राविधिक–हवाई–विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकबाट दरखास्त मागेको हो । १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्ने विज्ञापनमा उल्लेख छ । उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने छ ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिनेछ । भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने छ । दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ। आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *