राष्ट्रपतिबाट विभूषित हुनेले शीतलनिवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेशपत्र लिनुपर्ने – Nepal Press

राष्ट्रपतिबाट विभूषित हुनेले शीतलनिवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेशपत्र लिनुपर्ने

काठमाडौं । वैशाख १ गते राष्ट्रपतिबाट विभूषण पाउनेले शीतल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेशपत्र लिनुपर्ने भएको छ ।मन्त्रालयले एक सूचना जारी गर्दै आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शीतल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको हो ।

यही वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह आयोजना गरिएको छ । गत असोज ३ गते संविधान दिवसका दिन विभिन्न विभूषण दिने व्यक्तिको नामावली सार्वजनिक भएको थियो ।

जसमा नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री रहेका छन् । उनीहरुलाई शीतल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

विभुषित हुन आउनेमध्ये निजामतीतर्फका कर्मचारीलाई ग्रे कोट÷कालो कोटसहितको औपचारिक पोशाक र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फकाले टयूनिक, एक्युलेट, ग्याठ बूट, मानपदवी–२, अलंकार र पदक (परेडमा भाग लिनेको मात्र खड्गसहित) उपस्थित हुन भनिएको छ । यी बाहेकका अन्य पदाधिकारीको विभूषण र पोशास निजामती पदाधिकारी सरह हुनपर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *