राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा – Nepal Press

राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर प्रचार प्रसार, अतिथिहरूलाई आमन्त्रण, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलनलगायतका काम अन्तिम चरणमा पुगेको युवा संघ लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले जानकारी दिए ।

महाधिवेशनबाट देशभरबाट दुईहजार बढी प्रतिनिधि सहभागी हुँदैछन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने महाधिवेशनमा पार्टीका नेता-कार्यकर्तासहित १० हजारभन्दा बढी सहभागी गराउने गरी व्यवस्थापन भइरहेको संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर