तनहुँको चुनाव परिचालन गठबन्धन हाइकमाण्डको नेतृत्व शंकरलाई, अरु दलबाट को ? – Nepal Press

तनहुँको चुनाव परिचालन गठबन्धन हाइकमाण्डको नेतृत्व शंकरलाई, अरु दलबाट को ?

दमौली । गठबन्धनमा आबद्ध तनहुँका राजनीतिक दलहरूको संयुक्त बैठकले कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड समिति गठन गरेको छ ।

बिहीबारको बैठकले भण्डारीलाई उपचुनाव परिचालन समितिको नेतृत्व गर्ने जिम्मेवारी दिइएको कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीले जानकारी दिए ।

समिति सदस्यहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल , ध्रुव वाग्ले, माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल, माओवादी केन्द्रीय सदस्यहरु सुरेश आले मगर, हरिबहादुर चुमन, आशा कोइराला, नेकपा एस पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्यहरू कृष्णकुमार श्रेष्ठ, कलिला खान, नेता विद्या ढकाल, शंकर पोखरेल, जसपा केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा, केन्द्रीय सदस्य शर्मिला थापा आचार्य, पासाङ थापा, अर्जुन लम्साल रहेका छन् ।

कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन तथा सहजीकरण समिति पनि बनाइउको छ । समेत गठन गरेको छ । समितिको सदस्यहरुमा गठबन्धन दलको प्रतिनिधि सदस्यहरु रहेका छन् ।

कांग्रेसका क्षेत्रीय सभापति श्यामकुमार मौरतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । पालिकास्तरमा पनि कांग्रेसका सभापतिको संयोजकत्वमा गठबन्धन दलका प्रतिनिधि सम्मिलित टीम बनाइएको छ ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष मदन आले, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की , जनता समाजवादीका जिल्ला अध्यक्ष अर्जुन गुरुङलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर