चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, सबै प्यारामिटर सामान्य (भिडिओ – Nepal Press

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, सबै प्यारामिटर सामान्य (भिडिओ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका दाइ  मीन भण्डारीले बताएका छन् ।

भारतको नयाँ दिल्लीमा उपचाररत भण्डारीको काउन्सिलिंग डा.सुनिल मनोहर केश्वानीका अनुसार उनको अनुहारको छाला राम्रो भइरहेको छ ।

त्यस्तै, हाल उनको बायाँ हातको पट्टी खोलिएको, ग्राफ्टिङ राम्रो भइरहेको, ज्वरो नआएको भण्डारीले बताए ।

बिहीबार ड्रेसिङ गरिएको, डोनर क्षेत्र अझै भिजेको तर सुधार राम्रो भइरहेको, सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य रहेको बताइएको छ ।

पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको छ । डा भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । चन्द्रलाई साेही दिन मुम्बईमा लगिएको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर