अर्थतन्त्र सबल बनाउन मौलिक कृषि उत्पादनको प्रवर्द्धन जरुरी: मन्त्री भुसाल (भिडिओ) – Nepal Press

अर्थतन्त्र सबल बनाउन मौलिक कृषि उत्पादनको प्रवर्द्धन जरुरी: मन्त्री भुसाल (भिडिओ)

भक्तपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताएका हुन् ।

भक्तपुर कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उनले मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गरेमात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारीसाधनलगायतका स्टल रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महोत्सव करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने र १० देखि १२ करोडसम्मको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । ११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर