सरकारको न्यूनतम साझा कार्यक्रम- संविधान आवश्यक परिमार्जन गरेर रक्षादेखि भ्रष्टाचारको छानबिन गर्नेसम्म (पूर्णपाठ) – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रम- संविधान आवश्यक परिमार्जन गरेर रक्षादेखि भ्रष्टाचारको छानबिन गर्नेसम्म (पूर्णपाठ)

काठमाडौं । दश दलीय गठबन्धनकाे सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो दोस्रो पटक सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुधार गर्न नीतिगत र कार्यगत सुधार गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।

यस्तै, गुणस्तरीय सेवा प्रवाह सुशासन प्रत्याभूत हुनेगरी शासकीय सुधार गरेर भ्रष्टाचारको छानबिन गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिन भएका सहमतिहरुको कार्यान्वयन गर्ने, नागरिकता समस्या समाधान गर्नेलगायत समावेश भएको छ ।

यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धनको तर्फबाट साझा कार्यक्रम ल्याइएको थियो । अहिले गठबन्धन फेरिएपछि कांग्रेस र माओवादीको चुनावी एजेण्डालाई समेटेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।

यस्ताे छ पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *