सांसद ईश्वरीको कटाक्ष- जनताका छोराछोरी सर्टिफिकेटविहीन, माओवादी नेताका सन्तानलाई सुखसयल – Nepal Press

सांसद ईश्वरीको कटाक्ष- जनताका छोराछोरी सर्टिफिकेटविहीन, माओवादी नेताका सन्तानलाई सुखसयल

प्रधानमन्त्री प्रचण्डलाई सांसद ईश्वरीको प्रश्न- बुर्जुवा शिक्षा भन्दै रोल्पाली युवालाई किन सर्टिफिकेटविहीन बनाइयो ?

काठमाडौं । नेकपा एमालेकी सांसद इश्वरी जिएमले १० वर्षे युद्धका बेला बुर्जुवा शिक्षा बहिस्कार भन्दै हजारौं युवाको पढाइ खोस्ने माओवादी नेताका छोराछोरी महँगा बोर्डिङ र कलेजमा पढेर सुखसयलका जीवन बिताउँदा पढाइ रोकिएकाहरुको जीवन दर्दनाक बनेको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद जिएमले युद्धका बेला नेपालको बुर्जुवा शिक्षा पढेर कामै छैन भनेर युद्धमा होमिएका हजारौ उर्जाशील रोल्पाली युवा शान्ति प्रक्रियापछि बेरोजगार बनेको बताइन् ।

सांसद जिएमले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै भनिन्- बुर्जुआ शिक्षा भन्ने तिनै नेताका छोराछोरी महँगा बोर्डिङ र कलेजमा पढेर आज सुखसयलको जिवन विताईरहेका छन् । बुर्जुवा शिक्षा भन्दै किन सर्टिफिकेट विहीन बनाईयो रोल्पाली युवालाई ? उत्तर कसैले दिदैन ।

द्धन्द्धका क्रममा नेतृत्वबाट पाएको आश्वासन सबै पुरा हुन्छन् र रोल्पालिहरुको आर्थिक÷सामाजिक अवस्था बदलिन्छ भन्ने सपना पूरा नहुँदा माओवादीका केहि नेता र कार्यकर्ताको आर्थिक हैसियतमात्र एकाएक चुचुरोमा पुगेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर