प्रवासी नेपाली मञ्चका सहसंयोजक बस्नेतसहित अष्ट्रेलियाका ७ नेताले छाडे नेकपा एस – Nepal Press

प्रवासी नेपाली मञ्चका सहसंयोजक बस्नेतसहित अष्ट्रेलियाका ७ नेताले छाडे नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्चका अन्तर्राष्ट्रिय कमिटी सहसंयोजक तथा अष्ट्रेलिया कमिटी अध्यक्ष राजन कुमार बस्नेतसहित ७ जना प्रवासी नेताले पार्टी परित्याग गरेका छन् ।

आर आर क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत रहेका बस्नेतसहित अष्ट्रेलियाका उपाध्यक्ष माधव साहसहितले बिहीवार वक्तव्य जारी गर्दै एमालेमा गरिएको तत्कलीन विद्रोह केही व्यक्तिलाई सत्तामा लैजाने हतियारमात्र भएको भन्दै राजीनामा दिएका छन् ।

वक्तव्यमा भनिएको छ- नेकपा एकिकृत समाजवादीले पनि आगामी वाटो सहि रुपमा निर्धारण गर्ने देखिएन। बरु जुन सुकै बेला एमालेले मागे अनुरुपका पदहरु दिए एमालेमा जाने नत्र सत्ता यात्राको क्रममा जो सुकसँग भए पनि र जसरी भए पनि सहयात्रा गर्ने वाटोमा पार्टी हिडेको प्रष्ट देखे पछि पार्टीकै साधारण सदस्य समेत त्याग गरेको घोषणा गर्दछौं ।

उनीहरुले तत्काल स्वतन्त्र रहने बताएका छन् ।

क-कसले छाडे नेकपा एस ?

-राजन कुमार वस्नेत

सह संयोजक ,प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
अध्यक्ष ,प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-माधव शाह
सदस्य, प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
उपाध्यक्ष, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-हरेराम चन्द्र राउत
प्रवक्ता, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-प्रेम घिमिरे, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-वीरेन्द्र उदास, सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-राम किष्ण कार्की , सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

-दामोदर रावल, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर