गठबन्धनवालाहरूलाई लाज छैन, सभामुखमाथि पनि महाभियोग ल्याउन सक्छन् : ओली (भिडिओ) – Nepal Press

गठबन्धनवालाहरूलाई लाज छैन, सभामुखमाथि पनि महाभियोग ल्याउन सक्छन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले सभामुख देवराज घिमिरेमाथि महाभियोग ल्याउनसक्ने बताएका छन् ।

बिहिबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए । तर, पार लागेन । अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि बेर लाउँदैनन् । यीनिहरुसँग २५ प्रतिशत मात्रै होइन बहमत नै छदैछ। कुनै लाज शरम छैन। के गर्न हुन्छ के हुँदैन कुनै सीमा छैन ।’

उनले गठबन्धनवालाहरू एक पटक मात्रै नभएर अनेक पटक प्रधानन्यायाधीशमाथि महाभियोग लगाएको आरोप लगाए ।

उनले भने, ‘सुशीला कार्कीमाथि लगाए, चोलेन्द्रशम्शेर राणामाथि पनि लगाए । प्रधानन्यायाधीश को छ भन्ने होइन । न्यायिक हिसाबले भन्ने हो भने महाभियोग लगाएपछि दर्ता गरेर छ महिनासम्म घर्रामा राख्न मिल्छ? त्यो सुहाउने कुरा हो । अदालतलाई स्वतन्त्र ढंगले काम गर्न नदिने, त्यस्ता काम गर्न मिल्छ। तीनै पार्टी अहिले सरकारमा छन्। तीनीहरुको सकारात्मक भूमिका गर्न सकिँदैन ।’

गठबन्धन अस्थायी भएपनि एमाले भएकाले देश बिग्रन नदिने बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर