त्रिभुवन विमानस्थलको शौचालयमा स्यानिटरी प्याड, बाह्य टर्मिनलमा राख्दा आन्तरिकलाई हेला – Nepal Press

त्रिभुवन विमानस्थलको शौचालयमा स्यानिटरी प्याड, बाह्य टर्मिनलमा राख्दा आन्तरिकलाई हेला

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले शौचालयमा नि:शुल्क स्यानिटरी प्याड राखेको छ । विमानस्थलको बाह्य टर्मिनलमा रहेको शौचालयमा स्यानिटरी प्याड राखिएको हो ।

बुधबारदेखि यात्रुका लागि स्यानिटरी प्याड बक्स राखिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘हामीले पहिलो चरणमा अन्तर्राष्ट्रिय टर्मिनलको शौचालयमा प्याडको व्यवस्थाको लागि प्याड भेन्डिङ मेसिन गरेका छौं ।’

विमानस्थलले आन्तरिक टर्मिनटलको शौचालयमा भने स्यानिटरी प्याड राखेको छैन । सिटौलाले छिट्टै नै आन्तरिक टर्मिनलमा पनि राख्ने बताए ।

उनका अनुसार महिला यात्रुको सहजताको लागि प्याडको व्यवस्था गरिएको हो । आवश्यकता अनुसार शौचालय अगाडि राखिएको प्याड बक्सबाट प्याड लैजान सकिने उनको भनाइ छ । विमानस्थलको आफनै खर्चमा प्याड राखिएको उनले बताए ।

मन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सुधारमा पटकपटक चासो देखाउँदै आएका छन् । केही दिनअघि उनले विमानस्थलका अधिकारीलाई बोलाएर केही सवालको जवाफ परिणाममा खोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *