एमाले उपमहासचिव गुरुङले भने- कर्णाली राजमार्गको नाम मृत्यु मार्ग राख्नुपर्ने अवस्था छ – Nepal Press

एमाले उपमहासचिव गुरुङले भने- कर्णाली राजमार्गको नाम मृत्यु मार्ग राख्नुपर्ने अवस्था छ

'प्रचण्डले मित्रघात गरे'

सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ६० दिनमा गठबन्धन तोडेर प्रचण्डले मित्रघात गरेको बताएका छन् ।

बिहीबार जुम्लामा आयोजित नेकपा एमाले कर्णाली प्रदेशस्तरीय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले नेपाली काँग्रेससँग गरेको गठबन्धन शत्रुको पाउमा परे जस्तै भएको दाबी गरे ।

गुरुङले भने, ‘कर्णाली राजमार्ग मृत्यु मार्ग भएको र सडक कुकुरको जिब्रो जति फराकिलो छैन । कर्णाली राजमार्ग दुर्घटनाको जोखिम हुने भएको हुँदा यसको बारेमा सबैले बेलामा नै सोच्नु पर्छ । कर्णाली राजमार्ग भन्नु भन्दा सडकको नाम नै मृत्यु मार्ग राख्दा राम्रो हुन्छ होला ।’

साथै, एमालेलाई सबै जनताले विश्वास गरेको र माधव नेपालको पार्टीले एउटा सामान्य पसल थप्दै आएको बताए ।

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एमाले पार्टीले मात्रै देशको विकास गर्ने पार्टी भएको बताए ।

उनले भने, ‘केही दिन अघि भएको पत्रकार महासङ्घको अधिवेशनलाई उद्घाटन गर्न आउने समयमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको गाडी धकेलेर कालिकोटमा पुगेका थियौ । केही दिन मुख्यमन्त्री शर्मा पनि पत्रकार महासङ्घको अधिवेशनलाई उद्घाटन गर्न यही बाटोमा गाडी धकेल्दै आउनु भएको हो । मुख्यमन्त्री जस्तो मान्छे गाडी धकेल्दै आउनु भएको अलिकति लाज मान्नु पर्ने हो । त्यसैले अबको पाँच वर्षपछि नेकपा एमाले बहुमत मत ल्याएर सबै भन्दा ठुलो पार्टी हुन्छ ।’

भेलामा नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व कानुन मन्त्री शिवमाया तुम्बाहाम्फे, स्थायी कमिटी सदस्य गोरख बोगटी, केन्द्रीय सदस्य नगेन्द्र शाही, प्रेस चौतारी केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रचार विभाग केन्द्रीय सचिव गगन विष्ट, कर्णाली प्रदेश प्रचार विभाग प्रमुख सूर्यमणि गौतम, कर्णाली प्रदेश प्रेस चौतारीका पदाधिकारी तथा प्रदेशका दश वटा जिल्लाका प्रेस चौतारी अध्यक्षहरूको उपस्थिति रहेका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर