उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता – Nepal Press

उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको लागि निर्वाचन आयोगको आचारसंहिता शुक्रबारदेखि लागू हुने भएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने जनाएका छन् ।

उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर