यूएईबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले पाए घर उपहार – Nepal Press

यूएईबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले पाए घर उपहार

काठमाडौं । यूएईबाट नेपाल पैसा पठाउंदा एक नेपालीले रुपन्देहीमा एउटा घर उपहार पाएका छन् । यूएईको इण्डेक्स एक्सचेन्जमार्फत परिवारलाई सिद्धार्थ बैकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो ।

सात महिना पहिले यूएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधीन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्दार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् ।

दुबईको जबिलअली स्थित इन्डेक्स एक्सचेन्जको शाखाबाट पैसा पठाउंदा उनलाई उपहार स्वरुप नेपालमा एउटा घर उपहार परेको हो । सोमबार (अप्रिल ३ मा) गरिएको लक्की ड्र अन्तर्गत नुरुद्दिनले एउटा घर पाएका हुन् ।

एक्सचेन्जको यो तेस्रो लक्की ड्र हो । यसअघि एक पाकिस्तानी र एक बङ्गलादेशी नागरिकले एक एक घर पाइसकेका छन् । अब अप्रिल २६ मा अन्तिम लक्की ड्र गरिने इण्डेक्स एक्सचेण्जले जनाएको छ ।

रुपन्देहीका चुरिहारले गएको महिना ३ हजार ६ सय रुपैया इण्डेक्स एक्सचेन्जमार्फत सिद्दार्थ बैकको सिद्धार्थ रेमिटमा आफ्नो परिवारलाई पैसा पठाएका थिए ।

उपहार स्वरुप पाएको घर नेपालमा सम्बन्धित जिल्लामा रियल स्टेटमार्फत खरिद गरेर प्रदान गरिने छ । एक्सचेन्जले दिएको उपहार घरको सट्टा घरलाई पर्ने बराबरको पैसा पनि लिन सकिने सिद्धार्थ बैकका युएई प्रमुख नबिन पौडेलले जानकारी दिए ।

इन्डेक्स एक्सचेन्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि गएको फ्रेबुअरीबाट अप्रिल २६ तारिखसम्म युएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *