रिपोदर यथावत राख्दै भारतको मौद्रिक नीति सार्वजनिक – Nepal Press

रिपोदर यथावत राख्दै भारतको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । भारतीय रिजर्भ बैंकले वित्त वर्ष २०२३/२४ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले दरहरूमा कुनै परिवर्तन गरेको छैन । गभर्नर शक्तिकान्त दाशले रिपो दरलाई ६.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको बताए । बढ्दो महँगीबीच आरबीआईले ईएमआई भुक्तानी गर्नेहरूलाई केही राहत दिएको छ ।

यस्तै गभर्नर दासले विश्वभर बैंक असफलताका कारण विश्व अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको बताए । चालू वित्त वर्षमा भारतको ५.२ प्रतिशत मुद्रास्फीति (महंगी) हुने अनुमान गरिएको थियो । पछिल्लो केही समय यता आरबीआईले महँगी नियन्त्रण गर्न अल्पकालीन दरहरुमा लगातार वृद्धि गरिरहेको थियो ।

विकसित देशहरूका केन्द्रीय बैंकहरू, विशेष गरी यूएस फेडरल रिजर्भ, युरोपेली केन्द्रीय बैंक र बैंक अफ इङ्ल्यान्डले हालै गरेको वृद्धिलाई आरबीआईले महत्त्वपूर्ण मानेको छ । रिपो दर, रिभर्स रिपो दर र अन्य सम्बन्धित निर्णयहरू भारतको मौद्रिक नीतिमा समावेश छन् ।

गभर्नरले वर्तमान घरेलु र विश्वव्यापी आर्थिक अवस्थाको बारेमा पनि उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर