पहिचानकै आधारमा प्रदेशको नाम राख्न प्रधानमन्त्रीसँग माओवादी घटकका जातीय मोर्चाको माग – Nepal Press

पहिचानकै आधारमा प्रदेशको नाम राख्न प्रधानमन्त्रीसँग माओवादी घटकका जातीय मोर्चाको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरूले कोशी प्रदेशको नामकरण फेरेर पहिचानको आधारमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ती संगठनले माग गरेका छन् । ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

यसअघकी कोशी नामकरणको पक्षमा माओवादीका सबै सांसदहरूले प्रदेशसभामामा भोट हालेका थिए । त्यो बेला कमजोरी भएको भन्दै माओवादीको बुधबारको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।


प्रतिक्रिया

One thought on “पहिचानकै आधारमा प्रदेशको नाम राख्न प्रधानमन्त्रीसँग माओवादी घटकका जातीय मोर्चाको माग

  1. यी कुनै वादी नै होईनन् । देशमा अस्थिरता निम्ताईरहने विदेशीका एजेण्टवादी हुन् । अन्यत्र केही नलागेर माओवादी पनि छोडिसकेको कुरा फेरि दुई चार जनाले ढुङ्गा हाने भनेर तिनको भोट तान्न उतै लाग्न थाल्यो । अस्ति किन कोशीमा सही गरेक‍ो त नालायकहरू। यस्ता दुई जिब्रे, पिपलपातेबाट देश बन्दैन के जनताहरू हो ! अब यिनलाई राजनीतिबाट हात धुवाईदिनुपर्छ प्रचण्डसँगै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर