ओलीको आग्रह- व्यक्तिगत गालीगलौज नगरौं, एजेण्डामा रहेर बहस गरौं – Nepal Press

ओलीको आग्रह- व्यक्तिगत गालीगलौज नगरौं, एजेण्डामा रहेर बहस गरौं

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका लागि आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् ।

वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताएका छन् ।

‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु । मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन’, ओलीले लेखेका छन्, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’

यसअघि मंसिर ४ को चुनावअघि पनि ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ को लागि चुनौती दिएका थिए ।

उनले आफू त्यसका लागि तयार रहेको भन्दै देउवालाई तयार हो/होइन भनी सोधेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर