सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल – Nepal Press

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसिरहेको हो ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल बनाइएको थियो । कार्यदलले विभिन्न ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा बनाएको छ । मस्यौदा गठबन्धन बैठकले अध्ययन गरी अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर