स्ववियु निर्वाचन : स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति – Nepal Press

स्ववियु निर्वाचन : स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति

काठमाडौं । संयुक्त विद्यार्थी संगठहरुबीच चैत ५ गते हुन नसकेका क्याम्पसहरूमा चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने सहमति भएको छ ।

संयुक्त विद्यार्थी संगठनहरुले निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी पनि भएको छ ।

विद्यार्थी भर्ना विवाद रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि छानबिन गरी अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी प्रक्रिया अगाडि बढाउन माग गर्ने समझदारी पनि भएको छ ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर