बेन्जिमाको ह्याट्रिकमा बार्सिलोनालाई हराउँदै रियाल कोपा डेल रे को फाइनलमा – Nepal Press

बेन्जिमाको ह्याट्रिकमा बार्सिलोनालाई हराउँदै रियाल कोपा डेल रे को फाइनलमा

काठमाडौं । करिम बेन्जिमाको ह्याट्रिक प्रेरित स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४–० ले पराजित गर्दै रियाल मड्रिडले फाइनल प्रवेश गरेको छ ।

पहिलो लेगमा १-० ले पछि परेको रियालले बुधवार राति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै समग्रमा १–४ को जित निकाल्यो।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। बेन्जिमाले दिएको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै भिनिसियसले अग्रता दिलाएका थिए।

दोस्रो हाफमा घरेलु टिममाथि हाबी बनेको रियालका लागि बेन्जिमाले ५०, ५८ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितसँगै रियालले मे ६ मा हुने फाइनलमा ओसासुनासँगको भेट सुनिश्चित गरेको छ। ओसासुना सेमिफाइनलमा एथ्लेटिक क्लबलाई समग्रमा १–२ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर