प्रतिनिधिसभा बैठक बस्दै : कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने – Nepal Press

प्रतिनिधिसभा बैठक बस्दै : कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्य तालिका रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सबन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको संघीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर