ओलम्पिक छनोट : नेपालविरुद्ध भियतनामलाई अग्रता – Nepal Press

ओलम्पिक छनोट : नेपालविरुद्ध भियतनामलाई अग्रता

काठमाडौं । फाम हाई एङको गोलमा जारी पेरिस ओलम्पिक २०२४ छनोट पहिलो चरणको खेलमा नेपालविरुद्ध भियतनामले अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ११ औं मिनेटमा एङले गोल गर्दै भियतनामलाई अग्रता दिलाइन् । बाँयातर्फबाट एनग्यूएन थी ट्राङले दिएको क्रसमा उनले हेडरमार्फत सुन्दर गोल गरेकी थिइन् ।

त्यसअघि, खेलको ७औं मिनेटमा भियतनामले अग्रता लिने अवसर खेर फालेको थियो । एनग्यूएन थी ट्राङलले दिएको क्रसमा हाई एङले दिएको प्रहार फ्रेममा परेन ।

खेलको नवौं मिनेटमा दिपा शाहीको क्रसमा पोष्टको ठिक अगाडी रहेकी अमिषा कार्कीको प्रहार क्रसबाट माथिबाट बाहिरिदा नेपाल अग्रता लिने सुन्दर मौकाबाट चुक्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर