ओलम्पिक छनोटका लागि भियतनामविरूद्ध नेपालको सुरुवाती ११ सार्वजनिक – Nepal Press

ओलम्पिक छनोटका लागि भियतनामविरूद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक २०२४ एशियन छनोटको पहिलो चरणमा भियतनामविरुद्ध खेल्ने नेपाली टीमको सुरुवाती-११ सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहिबेरमा सुरू हुने खेलका लागि नेपाली टीमका मुख्य प्रशिक्षक अनन्तराज थापाले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । नेपाली टीमले भियतनामसँग घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

नेपाल र भियतनाम समूह ‘सी’ मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टीमबीचको अर्को खेल २५ गते हुनेछ ।

नेपाली टीमः

बिमला बिक, समिक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी घिमिरे, सरु लिम्बू, साबित्रा भन्डारी, रश्मीकुमारी घिसिङ, दीपा शाही, अनिता केसी, अन्जिला तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), अमिषा कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर