सनराइज बैंकद्वारा नेपाल प्रहरी विद्यालयलाई करिब ७० लाख छात्रवृति प्रदान – Nepal Press

सनराइज बैंकद्वारा नेपाल प्रहरी विद्यालयलाई करिब ७० लाख छात्रवृति प्रदान

काठमाडौं । सनर्राइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत १५ जेहेनदार विद्यार्थीलाई ६९ लाख ८० हजार ६३४ रुपैयाँ छात्रवृति सहयोग गरेको छ ।

बुधवार प्रधान कार्यलय नक्शालमा छात्रवृति सम्बन्धी समझदारी समारोहमा सन्राइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए ।

बैंकले नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्मका जेहेन्दार १५ जना विद्यार्र्थीलाई उक्त छात्रवृति प्रदान गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर