रविको मुद्दामा सर्वोच्चमा बहस- राहदानी मुद्दामा एक रुपैयाँ मात्रै जरिवाना तोकेपनि उम्मेदवार हुन योग्य हुँदैन – Nepal Press

रविको मुद्दामा सर्वोच्चमा बहस- राहदानी मुद्दामा एक रुपैयाँ मात्रै जरिवाना तोकेपनि उम्मेदवार हुन योग्य हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज सुनुवाइ भएको छ ।

निवेदकको तर्फबाट बहसको क्रममा वकिल रमण कर्णले प्रक्रिया त्रृटि भन्नू कानून नमानेको हुने बताए । उनले भने, ‘उहाँले प्रक्रिया त्रृटि भएको स्वीकार्नुभएको छ । त्यो भनेको कानून नमानेको हुन्छ ।’

विदेशी नागरिकताकै आधारमा राहदानी लिएको कसूर पुष्टि भएकाले कसूर हुने अर्का अधिवक्ता वासुदेश शर्माले बताए ।
यस्तै, अधिवक्ता राधिका खतिवडा नागरिकता अवैध भएपछि राहदानी वैध हुन नसक्ने जिकिर गरिन् । उनले लामिछानेबाट राहदानी दुरुपयोग भएको बताइन् ।

अर्का अधिवक्ता सुरेन्द्र भण्डारीले पनि महान्यायधिवक्ताको निर्णय रिभ्यू हुनसक्ने बताए । उनले भने, ‘निस्सा सरकारलाई पेश गरेका छैनन् । झुटा विवरण बुझाएको प्रमाणित हुन्छ । राहदानी मुद्दामा एक रुपैयाँ जरिवाना तोकेपनि उम्मेदवार हुन योग्य हुँदैन ।’

भण्डकारीको बहसमा न्यायाधिश हरि फुयालले पनि सहमति जनाएका थिए । तर, रविको तर्फबाट बहस गरेका अधिवक्ता सुनिल पोखरेल अमेरिकी सरकारबाट नागरिक त्यागेको प्रक्रिया पुरा गरेर नागरिकता लिएको जिकिर गरे । उनले सर्वोच्च अदालतको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको आधारमा बचाउ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर