प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता – Nepal Press

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बुधवार एक कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र कलेजका प्राध्यापक डा. अगस्टिन थोमस एस. जे. ले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेको क्यापिटलले जनाएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थितिसमेत रहेको बैंकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर