कर्णालीका सांसद अधिकारीको आरोप- अर्थमन्त्रीले कार्यकतामुखी बजेट विनियोजन गरे – Nepal Press

कर्णालीका सांसद अधिकारीको आरोप- अर्थमन्त्रीले कार्यकतामुखी बजेट विनियोजन गरे

सुर्खेत । कर्णाली प्रदेश सभा सांसद एवम् नेपाली कांग्रेसका नेता सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले विविध शीर्षकमा छुट्याएको रकम मुख्यमन्त्री राजकुमार शर्मा साथै प्रदेश सभा सदस्यहरु थाहा नदिएर कार्यकतामुखी बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।

बुधवार कर्णाली प्रदेश सभाको एघारौं बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने पर्ने समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा आफ्नो भनाई राख्दै अधिकारी यस्तो भनेको हुन् ।

अधिकारीले चुनावमा हिजो खर्च भएको रकम उठाउने नियतले मनपरी रुपमा बजेट विनियोजन गरेको दाबी गरे ।

उनले भने, ‘दैलेखमा २३ योजना, सुर्खेतमा १८,जुम्लामा ४, रुकुममा १, जाजरकोटमा ४, हुम्लामा १, कालिकोटमा २, डोल्पामा १ योजनाहरु कार्यकतामुखी बजेट विनियोजन भएको छ ।’

‘सल्यान र मुगु के कर्णाली प्रदेश भित्र पर्दैनन् ? सबैभन्दा बढी हुम्ला, जुम्ला, सल्यानमा बाढी, पहिरो र विपद आएको छ त्यसको विषयमा अर्थमन्त्रीले सोच्नु पर्दैन ?’, अधिकारीले प्रश्न गरे ।

आफूखुसी बजेट विनियोजन भएको हुँदा सकिन्छ भने फिर्ता गरेर सम्बन्धित शीर्षकमा राख्न अधिकारीको आग्रह छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर