‘भीआईपी’ चोरहरू : कार चढेर डिजेल चोरी – Nepal Press

‘भीआईपी’ चोरहरू : कार चढेर डिजेल चोरी

दाङ । तुलसीपुरको नयाँ बसपार्कमा पार्किङ गरिएका बसबाट डिजेल चोरी भएको उजुरी प्रहरीका लागि टाउको दुखाई बन्यो ।

प्रहरीले लामो समयसम्म चोर समात्न नसकेपछि बसधनीले प्रहरीको सक्रियतामा प्रश्न उठान थाले । डिजेल चोरी रोक्न प्रहरीलाई चुनौती खडा भयो । अस्थायी प्रहरी चौकी बसपार्कका इन्चार्ज सहायक प्रहरी निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा प्रहरी सुष्म अनुसन्धानमा लाग्यो । बुधबार बिहान २ बजे पनि प्रहरी टोली डिजेल चोरकै खोजीमा थियो ।

यत्तिकैमा ना. ४ च ५७८७ नम्बरको कार बसपार्क भित्र प्रवेश गर्‍यो । ना. ४ ख ६४९५ नम्बरको बसको छेउमै रोकिएको कारबाट दुई युवक ग्यालिन लिएर निस्किए । एकजना कोही आउँछ कि भनी रेकि गर्न बसे भने अर्को बसको डिजेल ग्यालिनमा भरे ।

यो सबै नियालिरहेको प्रहरीले अर्को ग्यालिनमा डिजेल भर्ने तयारी गरिरहेका उनीहरूलाई रंगेहात पक्राउ गर्‍यो । प्रहरी देख्नासाथ भागेका एकजना केही मिनेटमै पातुखोला पुलबाट समातिए ।

इप्रका तुलसीपुरका प्रमुख पुष्पराज मल्लका अनुसार पक्राउ पर्नेमा तुलसीपुर-९ बेलुवाका १८ वर्षीय नवीन केसी र विशाल रावत डिजेल चोर्दाचोर्दै समातिएका हुन् ।

डीएसपी मल्लका अनुसार डिजेल चोरीमा प्रयोग भएको कार मालिका कालिका अटो यातायात प्रालिका सञ्चालक दीलिप विकको हो ।

दुई युवाविरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर