कार्यव्यवस्था परामर्श समितिको सदस्य टुंगियो, कुन दलबाट कति ? – Nepal Press

कार्यव्यवस्था परामर्श समितिको सदस्य टुंगियो, कुन दलबाट कति ?

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व हुने सदस्य संख्या टुंग्याइएको छ ।

सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहितको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएको हो । कार्यव्यवस्था परामर्श समितिले सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई सुझाव दिने काम गर्छ ।

उक्त समितिमा सभामुख, उपसभामुख, कानूनमन्त्री रहनेछन् । त्यस्तै नेपाली कांग्रेसबाट सबैभन्दा बढी ६ जना, त्यसपछि क्रमश: एमालेबाट ५, माओवादीबाट २, रास्वपा, राप्रपादेखि स्वतन्त्रसम्मका एक-एकजना सदस्य रहने छन् ।

हेर्नुस् सूची कुन दलबाट कति ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर