मोर्चा बनाएर सरकारको नेतृत्व गर्नु सजिलो छैन : प्रधानमन्त्री – Nepal Press

मोर्चा बनाएर सरकारको नेतृत्व गर्नु सजिलो छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्।

माओवादीनिकट सहकारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताए।

उनले भने, ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’

उनले सरकारले एक दुई दिनमा नै पूर्णता पाउने बताए।

‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ होला। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ’ उनले भने।


प्रतिक्रिया

2 thoughts on “मोर्चा बनाएर सरकारको नेतृत्व गर्नु सजिलो छैन : प्रधानमन्त्री

  1. सजिलो गरी सरकार चलाउन त मति राम्रो हुनु पर्यो नी प्रचण्ड जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर