छोराछोरी सरकारी विद्यालयमा भर्ना गराउन जनप्रतिनिधि, कर्मचारीलगायतलाई शिवराजका मेयरको अपिल – Nepal Press

छोराछोरी सरकारी विद्यालयमा भर्ना गराउन जनप्रतिनिधि, कर्मचारीलगायतलाई शिवराजका मेयरको अपिल

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

आधारभूत र माध्यमिक शिक्षा नगरपालिकाबाट निःशुल्क र अनिवार्य गरिएको उल्लेख गर्दै नगरपालिकाले अङ्ग्रेजी, नेपाली वा अन्य कुनै पनि माध्यमबाट दिइने शिक्षामा कुनै शुल्क नलाग्ने बताएको छ ।

नगर प्रमुख अजय थापाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अन्य संस्थामा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरिएको बताए ।

थापा राप्रपाबाट निर्वाचित मेयर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर