सिक्किमको नाथुलामा हिमपहिरो : तीन नेपालीसहित ७ पर्यटकको मृत्यु (भिडिओ) – Nepal Press

सिक्किमको नाथुलामा हिमपहिरो : तीन नेपालीसहित ७ पर्यटकको मृत्यु (भिडिओ)

काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् । यस्तै एक जना रुपन्देहीका मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएकाे छ । अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँबाट कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर