पोर्नस्टारलाई पैसा दिएको आरोपमा डोनाल्ड ट्रम्प पक्राउ – Nepal Press

पोर्नस्टारलाई पैसा दिएको आरोपमा डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनीमाथि लागेका ३४ आरोप माथी सुनवाईकाे कममा उनी पक्राउ परेका हुन । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुँदा ह्वाइटहाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको देखी राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर