लुम्बिनी पीस ओपन हाफ् म्याराथनको तयारी पूरा, ६० जिल्लाका २१०० जना सहभागी हुँदै – Nepal Press

लुम्बिनी पीस ओपन हाफ् म्याराथनको तयारी पूरा, ६० जिल्लाका २१०० जना सहभागी हुँदै

रुपन्देही । शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो । देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुनेछ ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुनः महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्नेछ । म्याराथनको तयारी सकिएको अध्यक्ष आचार्यले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

यसै सन्दर्भमा मंगलबार म्याराथनका लागि खट्ने स्वयमसेवकहरुको बैठकसमेत लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनेगरी सबै तयारी गरिएको अध्यक्ष आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर