पोखरा १८ नम्बर वडाको पुनः मतगणना गर्न अदालतको आदेश, पहिलेको निर्वाचन परिणाम बदर – Nepal Press

पोखरा १८ नम्बर वडाको पुनः मतगणना गर्न अदालतको आदेश, पहिलेको निर्वाचन परिणाम बदर

पोखरा । पोखरा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ ।

अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए ।

एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए ।

सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए ।

एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।

 


प्रतिक्रिया

One thought on “पोखरा १८ नम्बर वडाको पुनः मतगणना गर्न अदालतको आदेश, पहिलेको निर्वाचन परिणाम बदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर