तेस्रो संस्करणको बलियो नेपाल कप क्रिकेट पोखरामा हुने – Nepal Press

तेस्रो संस्करणको बलियो नेपाल कप क्रिकेट पोखरामा हुने

पोखरा । तेस्रो संस्करणको बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने भएको छ । बलियो नेपाल पोषण अभियानको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ६ टीमको सहभागिता रहेको जनाएको छ । इलाम, कर्णाली, स्टार, जनकपुर, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर सहभागी रहेको बलियो नेपाल पोषण अभियानको वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

लिग कम नकआउटको आधारमा टी-२० फर्म्याटमा प्रतियोगिता सञ्चालन हुनेछ । पहिलो खेल पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र कर्णाली क्रिकेट एकेडेमीबी हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ जित्नेछन । इमर्जिङ प्लेयरले ५ हजार, बेस्ट बलर र बेस्ट ब्याट्समेनले ७-७ हजार तथा प्लेयर अफ दि सिरिजले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलका म्यान अफ दि म्याचले २ हजार ५०० रुपैयाँ पाउनेछन् ।

अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र दोस्रो संस्करण यही वर्षको असारमा काठमाडौंमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर