कोशी नामकरणबारे विप्लवले भने- किँरात प्रदेश राखे के फरक पर्छ ? – Nepal Press

कोशी नामकरणबारे विप्लवले भने- किँरात प्रदेश राखे के फरक पर्छ ?

‘जातिवाद सामाजको लागि घातक हो’

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जातिवाद समाजको लागि घातक भएकाले स्वीकार्य नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित श्रमिक समुदाय मोर्चाको कार्यक्रममा बोल्दै उनले भने, ‘जातिवाद समाजको लागि घातक हो । त्यो स्वीकार्य हुँदैन । तर, पहिचान भनेको छुट्टै हो । जातिको आफ्नो संस्कार, संस्कृति र स्वतन्त्रता चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि त्यहाँ किरात प्रदेश राखे के फरक पर्छ । लिम्बु, कोच, राई सबैलाई जोडेर सबैको केन्द्रित गरेर एउटा साझा नाम त्यहाँको जनतालाई चित्त बुझ्ने नाम राखे के फरक पर्छ ।’

उनले कोशी राख्ने वित्तिकै जातिय पहिचान नहुने अनि अरु राखेपछि मात्रै हुने कुरा शासक वर्गीय चिन्तन भएको टिप्पणी गरे ।

उनले भने, ‘भूगोलविशेषको कारणबाट या जातिबिशेषको कारणबाट हेर्ने र आफैंले व्याख्या गर्ने दृष्टिकोण गलत हो । जनताले सन्तुष्ट भएको आफू समेटिएको आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “कोशी नामकरणबारे विप्लवले भने- किँरात प्रदेश राखे के फरक पर्छ ?

  1. यसरी अहिलेकाे समयमा जातलाई मान्यता दिएर प्रदेश नामाकरण गर्नु सट्टामा प्रदेश नै खारेज गरे के हाेला न जुलुस न झैझगडा याे नै २कराेड ९० लाख नेपालीको चाहाना हाे।अहिले देश कंगाल प्रदेश काे कारण बाट हुन लागेकाे छ नेताका सन्तानलाई पद दिन प्रदेश किन चाहियाे देशको आर्थिक स्थिति अनुसार सरकार चल्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर