पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा – Nepal Press

पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई विशेष अदालतले सफाइ दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

विशेषमा दायर भएका मुद्दामा विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानूनी लाभ तथा हानीसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता सहसचिव भोला दाहालले जानकारी दिए ।

१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुङ्ग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर