‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो – Nepal Press

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो ।

प्रसाद २ को प्रदर्शन रोक्न माग गर्दै केशव पाण्डेले रिट निवेदन दिएका थिए । आफूसँग रकम लिएर चलचित्रका निर्माताले ठगी गरेको उनको आरोप छ । यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतकी प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।

आजै चलचित्र विकास बोर्डले सर्वपक्षीय बैठक बोलाएर चलचित्रको सेन्सर अनुमति दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *