रविलाई गोकुलको जवाफ- तपाईँले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन् – Nepal Press

रविलाई गोकुलको जवाफ- तपाईँले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन्

एमालेले थाल्यो चुनावी अभियान, देवी ज्ञवालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

चितवन । उम्मेदवारी दर्ता गरेको भोलिपल्टैबाट नेकपा एमालेले चितवन २ मा चुनावी गतिविधि बढाएको छ । मंगलबार चुनावी रणनीति बनाउन एमालेले जिल्ला कमिटी बैठक राखेको हो ।

बैठकमा मिसन ग्रासरुट अभियानदेखि नै चितवनमा केन्द्रित रहेका पूर्वमन्त्री तथा पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले ‘जान्नेलाई छान्ने’ भनेर जनतालाई अर्ती दिने रवि लामिछानेले एकपटक त्यागेको नागरिकता फेरि लिनुपर्छ भन्ने नजान्नुले उनी फेल भइसकेको बताए ।

रवि लामिछानेका कारण चितवनका जनताले दु:ख पाएको भन्दै बाँस्कोटाले उनले जानीजानी कानून तोडेकाले चितवनका जनताले कानून बनाउने ठाउँमा पठाउन नहुने कुरालाई मतदाताबीच लैजानुपर्ने बताए ।

बाँस्कोटाले भने, ‘मेरा कारण कस्लाई दुःख भएको छ र ? भन्दै गोहीको आँसु झार्दै हिँडेको सुनेको छु । उनले कानून तोडे, चितवनका जनताले उपचुनावमा जानुपर्ने दुखः पाए । यो दुःख कसले दियो ? हामीले हो ?

गत निर्वाचनमा आम जनतामा परेको भ्रम अब हटेकाले एमाले उमेदवार राम न्यौपानेको जित सुनिश्चित रहेको बाँस्कोटाको दाबी छ ।

एमालेले विगतमा सामाजिक , राजनीतिक र आर्थिक सुधारका लागि गरेको कार्यक्रम र भावी योजना जनतामा सुस्पष्ट ढंगले जनतामाझ लैजान नेता बास्कोटाले जिल्लाका अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

बैठकमा चितवन क्षेत्र नम्बर २ का उमेदवार एवम् जिल्ला अध्यक्ष राम न्यौपानेले आफूहरू उच्च मनोवलका साथ चुनावी मैदानमा होमिएको बताए ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, नेताहरू विजय सुवेदी, कृष्णभक्त पोखरेल, डा. तीलचन्द्र भट्टराई, पुरुषोत्तम न्यौपाने, जानुका सिंखडा, शिवकुमारी गोतामेलगायत सहभागी थिए ।

सोही बैठक बैठकले पोलिटव्युरो सदस्य देवी ज्ञवालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।


प्रतिक्रिया

One thought on “रविलाई गोकुलको जवाफ- तपाईँले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन्

  1. हजुरले भ्रस्टाचार गर्दा एमाले को बदनाम भयो भनेर बुझे जस्तै?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर