मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमाले अब प्रतिपक्षमा, चार मन्त्रीले आजै राजीनामा दिने – Nepal Press

मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमाले अब प्रतिपक्षमा, चार मन्त्रीले आजै राजीनामा दिने

जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिँदैछ । एमालेका चारैजना मन्त्रीले आज केहीबेरमा राजीनामा बुझाउँदै छन् ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिने भएका हुन् ।

चारैजना ले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष केही बेरमा राजीनामा बुझाउने गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिन लागेको उनले बताए । मधेसमा एमालेका २३ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर