सरोकारवालासँग समस्या सुनेपछि निकास खोज्न गभर्नरसँग अर्थमन्त्रीले थाले छलफल – Nepal Press

सरोकारवालासँग समस्या सुनेपछि निकास खोज्न गभर्नरसँग अर्थमन्त्रीले थाले छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतसँग पालैपालो वर्तमान समयमा देखिएको समस्या सुनेपछि मङ्गलवार भने नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमै बोलाएर छलफल शुरु गरेका छन् ।

वर्तमानमा देखिएको समस्या धेरैजसो केन्द्रीय बैंकसँग नै सम्बन्धित भएको गुनासो उद्योगी व्यवसायीले गरेपछि मङ्गलवार अर्थ मन्त्रालयमै गभर्नर महाप्रसाद अधिकारी सहितको टिमलाई बोलाएर छलफल शुरु भएको हो ।

अर्थमन्त्री महतले अहिलेको समस्या समाधानमा केन्द्रीय बैंकले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल गरिरहेका छन् ।

पछिल्लो समय बैंकको ब्याजदर र ऋणको विषय निकै विवादित बनेको छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले कानमा तेल हालेर बसेको भन्दै जनस्तरबाटै आरोप पनि लाग्दै आएको छ ।

अर्थमन्त्री महत नेपाल राष्ट्र बैंकसँगको समन्वयमा समस्या समाधान गर्ने प्रयासमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर