धनुषामा अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहका ९ युवतीसहित २३ जना पक्राउ – Nepal Press

धनुषामा अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहका ९ युवतीसहित २३ जना पक्राउ

जनकपुरधाम । अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधामको पीडारी चोकस्थित बर्गर हाउस छेउमै फ्लाइट भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउने २३ जना पक्राउ परेका हुन् । ठगी धन्दा चलाउने कोठमामै प्रहरीले छापा मारेर १४ युवक र ९ युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यूवा–युवतीहरु २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरु अनलाइनबाट ठगीहरुको सूचना पाएपछि छापा मारेर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले अनलाइनबाट ठगी गरिरहेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले यो विषयमा थप अनुसन्धान सुरु गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *