२५ लाखको १३ करोड माग्दा जनमत पार्टीका नेता पक्राउ – Nepal Press

२५ लाखको १३ करोड माग्दा जनमत पार्टीका नेता पक्राउ

जनकपुरधाम । मिटरब्याजी पीडितहरू आन्दोलन गरिरहेका बेला सप्तरीमा मिटरब्याजकै आरोपमा जनमत पार्टीका एक नेता पक्राउ परेका छन् । राजविराज नगरपालिका- ७ का सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरीको आधारमा छानबिन गर्न उनलाई आज राजविराजबाट पक्राउ गरेको हो । उनी जनमत पार्टीका केन्द्रीय सदस्य हुन् ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले नेता शर्मा पक्राउ परेको पुष्टि गरे । उनका अनुसार मिटरब्याज घटनामा कल्याणपुरमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार शर्माका बुवासँग गाउँकै निर्मलकुमार यादवले २०६६ सालमा ८ विघा ७ कट्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

अहिले ऋण चुक्ता गर्न खोज्दा निर्मलसँग नेता शर्माले १३ करोड रुपैयाँ मागेको बताइएको छ । २५ लाखको १३ वर्षमा १३ करोड मागेपछि यादवले प्रहरीमा उजुरी दिएको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर