कञ्चनपुरमा एसएसबीबाट कुटिए चारजना नेपाली – Nepal Press

कञ्चनपुरमा एसएसबीबाट कुटिए चारजना नेपाली

कैलाली । कञ्चनपुरका चार युवक भारतीय सीमा सुरक्षा बल एसएसबीबाट कुटिएका छन् । भारतबाट आएका आफन्त दिन वनबासा पुलवारी पुगेका नेपालीहरूलाई त्यहाँ रहेका एसएसबीले कुटपिट गरेको स्थानीय भूपेन्द्रसिंह क्षेत्रीले बताए ।

उनका अनुसार उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गए राति भीमदत्त नगरपालिका– १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त-५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी डब्लुलाई कुटपिट गरेका हुन् ।

राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरूलाई एसएसबीले अमानवीय ढंगबाट कुटपिट गरेको उनको भनाइ छ ।
‘एसएसबीबाट बिना कारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय हो’, कुटिएका नेपालीको छिमेकी क्षेत्रीले भने, ‘कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्छ । यो सरासर छिमेकी मुलुकका एसएसबीको नेपालीमाथि हेपाहा प्रवृत्ति हो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने बताए । ‘यो घटना नेपाली भूमिमा घटेको होइन’, उनले भने, ‘पारी घटेको होला हामी बुझ्छौं ।’

यस अघि पनि सीमा क्षेत्र आसपासमा भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली माथि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर