बारा २ मा उम्मेदवारी दिँदै उपेन्द्र यादवले भने- जनताको उत्साह देखेँ, म पनि उत्साहित भएँ (भिडिओ) – Nepal Press

बारा २ मा उम्मेदवारी दिँदै उपेन्द्र यादवले भने- जनताको उत्साह देखेँ, म पनि उत्साहित भएँ (भिडिओ)

जनकपुरधाम । बारा २ मा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले जनताको उत्साहले आफू पनि उत्साहित बनेको प्रतिक्रिया दिएका छन् ।

उम्मेदवारी दर्ता पश्चात उनले सञ्चारकर्मीसँग भने, ‘हिजो यो क्षेत्रमा घुमेपछि जनता एकदमै उत्साहित देखेँ । जनताको उत्साह देखेर म पनि उत्साहित छु ।’

उनले क्षेत्रवासीलाई भने, ‘तपाईहरुको साथ दिन र लिन आएको छु । बारालाई बिकसित जिल्ला बनाउन आएको छु ।’

‘यस्तो जिल्ला बनाउन चाहेको छु, जहाँ हरेक गाउँमा सडक, खेतमा सिँचाई, स्कूलमा पढाई र अस्पतालमा उपचार होस्’, उनले थपे, ‘हामी सबै एकजुट भएपछि यो सम्भव छ ।’

उनले भने, ‘मधेश आन्दोलन मधेसीको पहिचान र प्रतिनिधित्वको लागि भयो । र, अहिले मधेसको भुमिमा उभिएको छु । मधेस आन्दोलन बिना यो सम्भव थिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर