कांग्रेस सचेतक निमा गिरी भन्छिन्- केन्द्रीकृत मानसिकताले प्रदेश सरकार आफ्नो अधिकार प्रयोगमा चुक्दैछ (भिडिओ) – Nepal Press

कांग्रेस सचेतक निमा गिरी भन्छिन्- केन्द्रीकृत मानसिकताले प्रदेश सरकार आफ्नो अधिकार प्रयोगमा चुक्दैछ (भिडिओ)

‘राजश्व आउने नाममा मापदण्डविपरीतका विषाक्त मदिराको विक्री वितरणले सर्वसाधारणको ज्यान गइरहेको छ’

दाङ । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलकी सचेत निमा गिरीले केन्द्रको मुख ताकेर बस्ने प्रवृतिले प्रदेश संरचनामाथि प्रश्न उठेको भन्दै संविधानले दिएका अधिकार र आफूसँग भएका साधन स्रोतको परिचालन गर्न सुझाव दिएकी छन् ।

सोमवार शुरु भएको प्रदेश सभा अधिवेशनमा सम्बोधन गर्दै सचेतक गिरीले प्रदेश सरकारा केन्द्रीकृत मानसिकता देखिएको भन्दै केन्द्रले अधिकार दिएन भनेर बस्नुको साटो भएका अधिकार प्रयोग गर्नुपर्ने बताइन् ।

सांसद गिरीले लुम्बिनीका तराई र पहाडका जिल्लामा विषाक्त मदिराका कारण सर्वसाधारणको ज्यान गइरहेको भन्दै मापदण्ड बाहिरका मदिराको विक्रीवितरण रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले राजश्व आउने नाममा सरकारले विषको व्यापारलाई संरक्षण गरिरहेको भन्दै सोफीलगायतका विषाक्त मदिराको विक्री र सेवन बन्द गराउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर